उइग्युर बधुवा मजदुरको श्रम प्रयोग गरेको विषयमा अष्ट्रेलियाको केमार्टविरुद्ध मुद्दा « Khabarhub

उइग्युर बधुवा मजदुरको श्रम प्रयोग गरेको विषयमा अष्ट्रेलियाको केमार्टविरुद्ध मुद्दा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सिन्जियाङ क्षेत्रमा उइग्युर समुदायका बधुवा मजदुरको श्रम प्रयोग गरेको विषयमा अष्ट्रेलियाको प्रमुख खुद्रा कम्पनी केमार्ट विवादमा मुछिएको छ । यसबारे अष्ट्रेलियामा आधारित उइग्युर अधिकारवादी समूहले संघीय अदालतमा मुद्दा दायर गरेको छ ।

केमार्टमाथि लगाइएको मुद्दामा उइग्युर समुदायका बधुवा मजदुरको श्रम प्रयोग गरी कपडाजन्य वस्तु आपूर्ति गरेको आशय छ । अष्ट्रेलियन उइग्युर टङ्ग्रीटाग वुमन्स एशोसिएशनले दायर गरेको मुद्दामा केमार्टले सन् २०२३ र २०२५ मा सिन्जियाङका दुई आपूर्तिकर्तासँग व्यापार गरेको हुनसक्ने जनाइएको छ ।

केमार्टले यसबारे आफ्नो ग्राहकलाई प्रष्ट सूचना नदिएर गुमराहमा पारेको पनि एशोसिएशनको दाबी छ । केमार्टले बधुवा मजदुरको प्रयोग गरेर मुनाफा नकमाएको भनी प्रष्ट पार्न सक्नुपर्ने एशोसिएशनकी प्रमुख रमिला चानिशेफले जनाएकी छिन् ।

केमार्टले भने यस आरोपको खण्डन गरेको छ । यद्यपि आरोप प्रमाणित भएमा केमार्टले अष्ट्रेलियाको उपभोक्ता कानुनको उल्लङ्घन गरेको ठहरिने अष्ट्रेलियन एशोसिएटेड प्रेसले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : ५८ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको