पूर्वराष्ट्रपतिबारे ओलीको टिप्पणी- विधान महाधिवेशन अनावश्यक कुरा गर्ने ठाउँ होइन « Khabarhub

पूर्वराष्ट्रपतिबारे ओलीको टिप्पणी- विधान महाधिवेशन अनावश्यक कुरा गर्ने ठाउँ होइन


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक केही कुरा बाहिर आएकाले ती विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएको बताएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको सन्दर्भमा संकेत गर्दै ओलीले अनावश्यक विषयहरू केन्द्रीय कमिटी र सचिवालयले बैठकले टुङ्ग्याउने पनि बताए।

उनले घुमाउरो शैलीमा विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा चर्चा नगर्न भनेका हुन् ।

विधान महाधिवेशनका लागि ललितपुरको गोदावारी पुगेका ओलीले अहिले पूर्वराष्ट्रपतिसहितका कुराहरू अहिले छलफलको विषय नभएको तर्क गरेका हुन्।

‘विधि-विधानसँग लागेका प्रश्नहरूको विषयमा मात्र यहाँ छलफल हुनेछ। अनावश्यक विषयमा केन्द्रीय सचिवालय र पदाधिकारी बैठकमा छलफल गरौँला’, उनले भने, ‘अहिले हामीले विषयगत रुपमा समयको तालिकाअनुसार काम गर्नुपर्ने हुन्छ । अनावश्यक कुरामा छलफल गर्ने समय छैन।’

उनले विधानमा प्रस्तुत गर्ने प्रतिवेदनका विषयमा समूहगत छलफल गर्न समय दिएको भन्दै त्यसमा पर्याप्त छलफल गर्न आग्रह गरे ।

उनले राजनीतिक प्रतिवेदनको जवाफ आफूले दिने, सांगठनिक प्रतिवेदनको जवाफ महासचिव शंकर पोखरेलले र विधान संशोधन प्रस्तावको जवाफ विष्णु पौडेलले दिने बताए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ४८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२