पूर्वराष्ट्रपतिबारे ओलीको टिप्पणी- विधान महाधिवेशन अनावश्यक कुरा गर्ने ठाउँ होइन « Khabarhub

पूर्वराष्ट्रपतिबारे ओलीको टिप्पणी- विधान महाधिवेशन अनावश्यक कुरा गर्ने ठाउँ होइन


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक केही कुरा बाहिर आएकाले ती विषय विधान महाधिवेशनसँग सम्बन्धित नभएको बताएका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको सन्दर्भमा संकेत गर्दै ओलीले अनावश्यक विषयहरू केन्द्रीय कमिटी र सचिवालयले बैठकले टुङ्ग्याउने पनि बताए।

उनले घुमाउरो शैलीमा विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा चर्चा नगर्न भनेका हुन् ।

विधान महाधिवेशनका लागि ललितपुरको गोदावारी पुगेका ओलीले अहिले पूर्वराष्ट्रपतिसहितका कुराहरू अहिले छलफलको विषय नभएको तर्क गरेका हुन्।

‘विधि-विधानसँग लागेका प्रश्नहरूको विषयमा मात्र यहाँ छलफल हुनेछ। अनावश्यक विषयमा केन्द्रीय सचिवालय र पदाधिकारी बैठकमा छलफल गरौँला’, उनले भने, ‘अहिले हामीले विषयगत रुपमा समयको तालिकाअनुसार काम गर्नुपर्ने हुन्छ । अनावश्यक कुरामा छलफल गर्ने समय छैन।’

उनले विधानमा प्रस्तुत गर्ने प्रतिवेदनका विषयमा समूहगत छलफल गर्न समय दिएको भन्दै त्यसमा पर्याप्त छलफल गर्न आग्रह गरे ।

उनले राजनीतिक प्रतिवेदनको जवाफ आफूले दिने, सांगठनिक प्रतिवेदनको जवाफ महासचिव शंकर पोखरेलले र विधान संशोधन प्रस्तावको जवाफ विष्णु पौडेलले दिने बताए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ४८ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।