कर्णबहादुर थापाको फरक मत : नेतृत्व सच्चिएर आत्मसमीक्षा नगरे एमाले गम्भीर संकटतिर जाँदैछ « Khabarhub

कर्णबहादुर थापाको फरक मत : नेतृत्व सच्चिएर आत्मसमीक्षा नगरे एमाले गम्भीर संकटतिर जाँदैछ


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको हालको रणनीति र काम गर्ने शैलीप्रति असहमति जनाउँदै फरक मत राखेका छन् । उनले उक्त फरक मत बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता गराएका थिए ।

पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले संगठनात्मक गतिविधि, वैचारिक अभ्यास र नीति–निर्णयका विषयमा गम्भीर आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।

उनले पार्टीको हालसम्मको कार्यशैलीले जनताबीच सन्देश दिन नसकेको र संगठनभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप पनि फरक मतमार्फत् लगाएका छन् ।

थापाले एमालेले सैद्धान्तिक, राजनीतिक र संगठनात्मक तहमा आत्मालोचना नगर्ने हो भने दीर्घकालीन असर पर्ने चेतावनी पनि दिएका छन्।

उनले राजनीतिक निर्णय प्रक्रिया केही व्यक्तिमा मात्रै सीमित हुनु, भिन्न विचारलाई स्थान नदिनु र संगठनका विभिन्न तहमा असन्तुष्टि बढ्नुलाई एमालेभित्रको गम्भीर समस्या भनेका छन् ।

थापाले पार्टीलाई जनताको वास्तविक समस्या समाधानतर्फ ध्यान दिन, वैचारिक स्पष्टता पुनःस्थापित गर्न र संगठनात्मक अभ्यासलाई लोकतान्त्रिक बनाउन आग्रह गरेका छन्।

थापाले आफूहरूले स्थापित गरेका मान्यताबमोजिम पार्टी चलिरहेको छ छैन भनेर प्रश्न गरेका छन् । जनताको बहुदलीय जनवादको प्रकाशमा वस्तुनिष्ठ भएर समीक्षा गर्न पनि उनले अपिल गरेका छन् । कम्युनिष्ट आन्दोलनमा नेतृत्वको हस्तान्तरणको विषय पनि गम्भीर समस्याको रुपमा रहँदै आएको उनले बताएका छन् ।

आफ्नो फरक मतमा थापाले पार्टी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे कुरा पनि उठाएका छन् ।

भण्डारी राष्ट्रपति हुनुअगाडि एमाले उपाध्यक्ष रहँदा पार्टी निर्णयको पालना गरेर राष्ट्रपतिको जिम्मेवारी बहन गरेको उनले बताए ।

विद्या भण्डारीको सक्रियताले देश, जनता र एमालेका लागि सबै दृष्टिबाट सकारात्मक र फलदायी हुने पनि उनले स्पष्ट पारेका छन् ।

‘उहाँको व्यक्तित्व, भूमिका र योगदानलाई राष्ट्र, जनता र पार्टीको हितमा उपयोग गर्नुको साटो हाम्रो पार्टीको सदस्यसमेत नरहनेगरि राजनीतिमा संलग्न हुन नपाउने गरी गरिएको निर्णय र लगाइएको बन्देज संविधान, कानुन र हाम्रो पार्टी विधान र परम्पराविरुद्ध छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ५९ बजे

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको