कर्णबहादुर थापाको फरक मत : नेतृत्व सच्चिएर आत्मसमीक्षा नगरे एमाले गम्भीर संकटतिर जाँदैछ « Khabarhub

कर्णबहादुर थापाको फरक मत : नेतृत्व सच्चिएर आत्मसमीक्षा नगरे एमाले गम्भीर संकटतिर जाँदैछ


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको हालको रणनीति र काम गर्ने शैलीप्रति असहमति जनाउँदै फरक मत राखेका छन् । उनले उक्त फरक मत बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता गराएका थिए ।

पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले संगठनात्मक गतिविधि, वैचारिक अभ्यास र नीति–निर्णयका विषयमा गम्भीर आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।

उनले पार्टीको हालसम्मको कार्यशैलीले जनताबीच सन्देश दिन नसकेको र संगठनभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप पनि फरक मतमार्फत् लगाएका छन् ।

थापाले एमालेले सैद्धान्तिक, राजनीतिक र संगठनात्मक तहमा आत्मालोचना नगर्ने हो भने दीर्घकालीन असर पर्ने चेतावनी पनि दिएका छन्।

उनले राजनीतिक निर्णय प्रक्रिया केही व्यक्तिमा मात्रै सीमित हुनु, भिन्न विचारलाई स्थान नदिनु र संगठनका विभिन्न तहमा असन्तुष्टि बढ्नुलाई एमालेभित्रको गम्भीर समस्या भनेका छन् ।

थापाले पार्टीलाई जनताको वास्तविक समस्या समाधानतर्फ ध्यान दिन, वैचारिक स्पष्टता पुनःस्थापित गर्न र संगठनात्मक अभ्यासलाई लोकतान्त्रिक बनाउन आग्रह गरेका छन्।

थापाले आफूहरूले स्थापित गरेका मान्यताबमोजिम पार्टी चलिरहेको छ छैन भनेर प्रश्न गरेका छन् । जनताको बहुदलीय जनवादको प्रकाशमा वस्तुनिष्ठ भएर समीक्षा गर्न पनि उनले अपिल गरेका छन् । कम्युनिष्ट आन्दोलनमा नेतृत्वको हस्तान्तरणको विषय पनि गम्भीर समस्याको रुपमा रहँदै आएको उनले बताएका छन् ।

आफ्नो फरक मतमा थापाले पार्टी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे कुरा पनि उठाएका छन् ।

भण्डारी राष्ट्रपति हुनुअगाडि एमाले उपाध्यक्ष रहँदा पार्टी निर्णयको पालना गरेर राष्ट्रपतिको जिम्मेवारी बहन गरेको उनले बताए ।

विद्या भण्डारीको सक्रियताले देश, जनता र एमालेका लागि सबै दृष्टिबाट सकारात्मक र फलदायी हुने पनि उनले स्पष्ट पारेका छन् ।

‘उहाँको व्यक्तित्व, भूमिका र योगदानलाई राष्ट्र, जनता र पार्टीको हितमा उपयोग गर्नुको साटो हाम्रो पार्टीको सदस्यसमेत नरहनेगरि राजनीतिमा संलग्न हुन नपाउने गरी गरिएको निर्णय र लगाइएको बन्देज संविधान, कानुन र हाम्रो पार्टी विधान र परम्पराविरुद्ध छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १२ : ५९ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।