एन्फाको आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै « Khabarhub

एन्फाको आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ । 

काठमाडौंको दशरथ रंगशालामा भाद्र २१ गते शनिबार र भाद्र २४ गते मंगलबार नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुन लागेको हो । 

मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशको टोली पनि नेपाल आइसकेको छ । दुवै खेलको बिजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने दुवै टोलीका कप्तान र मुख्य प्रशिक्षकले जनाएका छन् ।

मैत्रीपूर्ण फुटबलअघि शुक्रबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मैत्रीपूर्णका लागि तयारी अवस्थामा रहेको र जित हासिल गर्ने बताए । घरेलु मैदानमा खेल हुने भएकाले पनि आफूहरू उत्साहित रहेको उनको भनाइ छ ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा जीतको लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए । उनले घरेलु मैदामा राम्रो प्रतिस्पर्धा हुने र जित हासिल गर्ने जिकिर गरे ।

त्यसैगरि बंगलादेशका प्रशिक्षक र कप्तानले पनि बलियो टिम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण खेल दशरथ रङ्गशालामा शनिबार साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ । 

मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र समान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : १३ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा