चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणले गति लिएन | Khabarhub Khabarhub

चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणले गति लिएन


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणका लागि सम्झौता भएको छ वर्ष बितिसकेको छ, तर यहाँ कामले गति लिन सकेको छैन । 

ठेकेदारको लापरबाहीका कारण सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत अन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम सुस्त छ । 

भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्ण मन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अडाइ किलोमिटर सडक निर्माणका लागि विसं २०७७ भदौ १८ मा एड्भेञ्चर गेगिङ सन्लाइट जेभिसँग पाँच करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

सम्झौताअनुसार विसं २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटक पटक म्याद थप गरिए पनि काम हुन नसकेको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाहीले बताए ।

छ वर्ष बितिसक्दा पनि सडक निर्माणमा ढिलाइ भएपछि यातायातका साधन सञ्चालन र दैनिक आवागमनमा कठिनाइ भइरहेको उनले बताए । 

पूर्वाधार कार्यालय धनगढीले उक्त सडक निर्माणको काम सम्पन्न नहुँदा चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत थप तीन किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन । 

यो सडक निर्माणका लागि विसं २०७९ चैत १८ मा १८ महिनामा काम सुक्ने गरी तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख रुपैयाँ भ्याटबाहेक ठेक्का सम्झौता भएको थियो । 

चौकीडाँडा–ओलानी–फल्टुडे सडकको काम क्रमागत योजनाअन्तर्गत अघि बढे पनि कामले गति लिन नसकेपछि स्थानीय आक्रोशित छन् ।

गोदावरी नरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले सडक निर्माणका लागि सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने बताउछन् । सम्झौताअनुसार काम अगाडि नबढेपछि स्थानीय जनप्रतिनिधि सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको उनले बताए । 

काम अगाडि बढ्नुपर्ने मागसहित वडा नं ३, १०, ११ र १२ का जनप्रतिनिधिले सडकमै वडा कार्यालय राखेर साङ्केतिक विरोधसमेत जनाएको गोदावरी नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद भट्टले बताए । 

वडाध्यक्षहरूले चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण काम अगाडि नबढेको भन्दै सडकबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।  

गोदावरी नगरपालिकाको वडा नं १०, ११ र १२ मा २० हजारभन्दा बढी मानिसको बसोबास रहेको छ । यो सडक अत्तरियादेखि फल्टुडे पुग्ने भीमदत्त लोकमार्गभन्दा छोटो छ । यो सडक बनेपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ५ : २८ बजे

पाल्पामा ब्लड बैंक सञ्चालन

तानसेन– जिल्लाको तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो

न्यायालयको काम कानुनी शासनको रक्षा गर्नु हो : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल–भारत दुवै देशको न्यायालयको मूल

श्रम र उत्पादन प्रेरित गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ : एमाले प्रचार विभाग

पाटन– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा– गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात

अब शुल्क तिर्न तयार व्यक्ति मात्रै एमाले सदस्य हुन सक्ने, कमिटीको उम्मेदवार हुन तालिम चाहिने

गोदावरी ललितपुर– नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा संशोधनका लागि