स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु « Khabarhub

स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा– गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । 

ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए ।

ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने क्रममा आदर्शलाई किच्दा उनको टाउकोमा गम्भीर चोट लागि तत्कालै घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए  ।

उनका अनुसार ठक्कर दिने बसका चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटनापछि फरार भएका छन् । प्रहरीका अनुसार निजको खोजी कार्य जारी छ । 

उक्त घटनापछि मृतक बालकको शव कानुनी प्रक्रियाअनुसार मुचुल्का उठाएर परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए । बस भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, घटनाप्रति थप अनुसन्धान गर्न स्कुलका संस्थापक एवं प्रधानाध्यापक दिलीप बुढाथोकीलाई हिरासतमा लिई प्रहरीले सोधपुछ गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : १४ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक