तिब्बती अभियन्ता अर्को महिना रिहा नहुने « Khabarhub

तिब्बती अभियन्ता अर्को महिना रिहा नहुने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिब्बती वातावरण अभियन्ता एवम् सामाजिक नेता आ–न्या सेङ्द्राको जेल बसाइ लम्बिने भएको छ । तिब्बती समाचार संस्था फयूलले जनाएअनुसार विगत सात वर्षदेखि उनी जेलमा छन् ।

उनको सात वर्षे कारागार अवधि अर्को महिना पूरा हुने अपेक्षा गरिएको थियो । तरपनि चिनियाँ अधिकारीहरुले उनको कारागार समायावधि लम्ब्याएका छन् ।

कारागारमै रहेका बेला उनीविरुद्ध नयाँ अभियोग दर्ता गरिएको थियो । अब उनी अर्को वर्षको फेब्रुअरी महिनामा मात्रै रिहा हुने जनाइएको छ ।

सेङ्द्राले पूर्वी तिब्बतको गोलोक क्षेत्रमा भ्रष्टाचार, गैरकानुनी उत्खनन्, वन्यजन्तु चोरी सिकारीविरुद्ध अभियान सञ्चालन गर्दै आएका थिए । तिब्बतको फिरन्ते समुदायमा आदर्श नेताको पहिचान बनाएका उनलाई अधिकांश समय कारागारमा एक्लै राखिएको समाचारमा उल्लेख छ ।

यस वर्ष अगस्ट महिनामा मात्रै उनलाई परिवारसँग भेट गर्न दिइएको थियो । उनलाई परिवारसँग केही मिनेटमात्रै पुनर्मिलन हुन दिइएको थियो ।
परिवार र आफन्तले उनको स्वास्थ्य अवस्था अझ खराब हुँदै गएको जनाएका छन् । सन् २०२० मा संयुक्त राष्ट्रसङ्घका ९ जना मानव अधिकार विज्ञहरुले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।

उनलाई सन् २०१८ मा किङहाई प्रान्तको गेदे काउन्टीका जनसुरक्षा ब्यूरोले पक्राउ गरेको थियो । उनीमाथि झगडा गर्न खोजेको र जनसुरक्षामा असर पारेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : ५९ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका