तिब्बती अभियन्ता अर्को महिना रिहा नहुने « Khabarhub

तिब्बती अभियन्ता अर्को महिना रिहा नहुने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिब्बती वातावरण अभियन्ता एवम् सामाजिक नेता आ–न्या सेङ्द्राको जेल बसाइ लम्बिने भएको छ । तिब्बती समाचार संस्था फयूलले जनाएअनुसार विगत सात वर्षदेखि उनी जेलमा छन् ।

उनको सात वर्षे कारागार अवधि अर्को महिना पूरा हुने अपेक्षा गरिएको थियो । तरपनि चिनियाँ अधिकारीहरुले उनको कारागार समायावधि लम्ब्याएका छन् ।

कारागारमै रहेका बेला उनीविरुद्ध नयाँ अभियोग दर्ता गरिएको थियो । अब उनी अर्को वर्षको फेब्रुअरी महिनामा मात्रै रिहा हुने जनाइएको छ ।

सेङ्द्राले पूर्वी तिब्बतको गोलोक क्षेत्रमा भ्रष्टाचार, गैरकानुनी उत्खनन्, वन्यजन्तु चोरी सिकारीविरुद्ध अभियान सञ्चालन गर्दै आएका थिए । तिब्बतको फिरन्ते समुदायमा आदर्श नेताको पहिचान बनाएका उनलाई अधिकांश समय कारागारमा एक्लै राखिएको समाचारमा उल्लेख छ ।

यस वर्ष अगस्ट महिनामा मात्रै उनलाई परिवारसँग भेट गर्न दिइएको थियो । उनलाई परिवारसँग केही मिनेटमात्रै पुनर्मिलन हुन दिइएको थियो ।
परिवार र आफन्तले उनको स्वास्थ्य अवस्था अझ खराब हुँदै गएको जनाएका छन् । सन् २०२० मा संयुक्त राष्ट्रसङ्घका ९ जना मानव अधिकार विज्ञहरुले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।

उनलाई सन् २०१८ मा किङहाई प्रान्तको गेदे काउन्टीका जनसुरक्षा ब्यूरोले पक्राउ गरेको थियो । उनीमाथि झगडा गर्न खोजेको र जनसुरक्षामा असर पारेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ८ : ५९ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका