भारतका तीन राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध  « Khabarhub

भारतका तीन राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध 


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमाथि प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मध्यप्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा (सोल्भेन्ट्स) प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल (डिइजी) पाइएको छ, जुन सानो मात्रामा पनि सेवन गरेमा घातक हुन सक्छ ।

‘नमूनाहरूमा स्वीकार्य सीमाभन्दा बाहिर डिइजी पाइएको छ’, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो ।

‘यस सिरपको बिक्री सम्पूर्ण मध्य प्रदेशमा प्रतिबन्धित गरिएको छ’, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले भने। उनका अनुसार उक्त कम्पनीका अन्य उत्पादनहरूमा पनि बिक्री प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, तमिलनाडु र केरला राज्यका अधिकारीहरूले समेत उक्त सिरपको बिक्रीमा रोक लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालका वर्षहरूमा भारतमा निर्मित खोकीका सिरपहरू विश्वव्यापी रूपमा विवादमा आएका छन् । सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधि उत्पादनहरू पुनः गम्भीर छानबिनको दायरामा आएका हुन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : १५ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि