झापामा ४५० घर डुबानमा « Khabarhub

झापामा ४५० घर डुबानमा


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बनियानी– यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ’, उनले भने, ‘करिब १०० घरका मानिसलाई स्थानान्तरण गरिसकेका छौंँ ।’ मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको उनले बताए।

त्यस्त, शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । झापा गाउँपालिका–२ स्थित सुगाबथानमा ठूलो माइखोला बस्ती पस्दा ५६ घरधुरीका १४० जना विस्थापित भएका छन् । उनीहरूको उद्धार गरी स्थानीय कवाडी माविमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा ३५० घर डुबानमा परेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको छ । झापा-१, ६ र ७ मा माइखोलाको बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको प्रवक्ता खड्काले बताए। 

यस्तै भद्रपुर नगरपालिका–५ मा करिब २५ घर डुबानमा परेपछि उनीहरु आफन्तकामा शरण लिएर बसिरहेका छन् । मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने एक बस्ती डुबानमा पर्दा यहाँका करिब २५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाढीपीडितहरुको उद्धार र स्थानान्तरण गर्ने काम जारी रहेको जनाइएको छ ।
 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ३५ बजे

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी