बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति : मन्त्री घिसिङ « Khabarhub

बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति : मन्त्री घिसिङ


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक  छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा १० करोड बराबरको क्षति भएको छ । 

कन्काइले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होक्लबारी गाउँका करिब ११४ घर डुबाएको छ । त्यहाँको ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका– २ को कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा रु ७५ लाखको क्षति भएको छ ।

यसैगरी, मेची नदीले ठाउँठाउँमा रहेको स्परमा करिब रु ५० लाख, विराटनगरस्थित केशलिया नदीमा डुबान भई ७५ घर स्थानान्तरण, कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा करिब २५ लाख बराबरको क्षति भएको छ ।

रौतहटमा लालबकैया नदीको दायाँ किनारमा करिब ६० मिटर तटबन्ध बगाई  करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान तथा घरगोठ डुबान हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । महोत्तरीमा रातो नदीले  तटबन्ध बगाउँदा रु आठ करोड बराबरको क्षति भएको छ ।

सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताए। 

 सुनकोशीको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : ०७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर