भुटानी शरणार्थी प्रकरण : कारागारबाट भागेका सन्देश शर्मा पक्राउ « Khabarhub

भुटानी शरणार्थी प्रकरण : कारागारबाट भागेका सन्देश शर्मा पक्राउ


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुन्धारामा रहेका सन्देश शर्मा आइतबार पक्राउ परेका छन् । 

उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ललितपुरको बखण्डोलबाट पक्राउ गरेको हो। 

उनी गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए । दाङको तुलसीपुर उपमहानगरपालिका-१६ निवासी उनलाई  बाँकी सजाय भुक्तानका लागि केन्द्रीय कारागारमा लगिँदैछ । 

यसअघि त्यही कारागारबाट फरार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी उपस्थित भइसकेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : १५ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको