दार्जिलिङमा भीषण बाढीपहिरो , कम्तीमा २० जनाको मृत्यु « Khabarhub

दार्जिलिङमा भीषण बाढीपहिरो , कम्तीमा २० जनाको मृत्यु


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् ।

पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण वर्षाले ३०० मिलिमिटरभन्दा बढी वर्षा हुँदा नदीहरूमा आएको भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रचण्ड पानीको भेलले पुलहरू भत्काइदिएको छ र सडकहरू ध्वस्त पारेका छन् ।

‘गत रात दार्जिलिङ पहाडमा आएको भीषण आँधी–वर्षाका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन्’, भारतको माथिल्लो सदनका सांसद हर्षवर्धन शृङ्गलाले भने।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा गहिरो दुःख व्यक्त गर्दै ‘ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकार निरन्तर निगरानी गरिरहेको छ’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनिन्, ‘हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन् ।’

मुख्यमन्त्री बनर्जीका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, धेरै सडकहरू क्षतिग्रस्त भएका छन्, र ठूला क्षेत्रहरू पानीमा डुबानमा परेका छन् ।

दक्षिण एसियामा मनसुनको समयमा बाढी र पहिरो सामान्य भए पनि वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता प्राकृतिक विपद् हालका वर्षहरूमा झन् बारम्बार र घातक बन्दै गएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ०८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष