डुबानबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी सक्रिय « Khabarhub

डुबानबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी सक्रिय


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लाका प्राकृतिक प्रकोपजन्य स्थानमा सुरक्षाकर्मी सक्रियताका साथ उद्धार तथा राहतका काम गतिविधिमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उनीहरू कार्यक्षेत्रमा जुटेका हुन् ।  

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज भएको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथ नगर प्रहरी पनि परिचालन भएका छन् । 

सुरक्षाकर्मीले डुबानबाट प्रभावित भएका परिवारलाई विद्यालय, धर्मशालालगायत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा खानाको प्रबन्ध मिलाउने निर्णय गरेको छ । बैठकले सबै स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, रेडक्रस, गैरसरकारी संस्था महासङ्घ, विकास साझेदारलाई सहयोग गर्न अनुरोध गरेको छ ।  

 यसैगरी, बैठकले विद्युत्, खानेपानी, स्वास्थ्य, दूरसञ्चारलगायत अत्यावश्यक सेवा प्रवाह गर्ने निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ११ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष