अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ : मन्त्री घिसिङ « Khabarhub

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ : मन्त्री घिसिङ


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण अवरुद्ध सडक खुलाउने प्रयास सुरु भइसकेको जानकारी दिएका हुन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै घिसिङले वर्षाका कारण वभिन्न राजमार्गहरू अवरुद्ध भएकाले अव क्रमश अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए । उनले तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।

वर्षाको पूर्वानुमान र त्यसको आवश्यक तयारी गरेकाले ठूलो मानवीय क्षति नभएको उनले बताए । मन्त्री घिसिङले बाढी तथा पहिरोका कारण क्षति भएका संरचनाको प्राथमिकताका साथ पुनर्ननिर्माण गरिने धारणा राखे ।

त्यस्तै मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा १० करोड बराबरको क्षति भएको छ । सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ५८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष