सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद « Khabarhub

सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामुख देवराज घिमिरेले असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिका सकारात्मक रहेको भन्दै धन्यवाद दिएका छन् ।

लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेका बेला सरकारका तर्फबाट गरिएको कामलाई प्रशंसायोग्य भने ।

एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान अवस्थामा सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गरेका हुन् । 

उनले भनेका छन्, ‘सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु ।’

साथै  बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरे । 

‘यस चुनौतीपूर्ण घडीमा हामी सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपदलाई पार गर्न सक्छौं । साथै, राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गर्दछु,’ उनले भने ।
 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ५ : ३४ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल