निर्माणाधीन पुलको म्याद सकियो, काम सकिएन « Khabarhub

निर्माणाधीन पुलको म्याद सकियो, काम सकिएन


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

दमौली- मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन पुलको म्याद सकिएको छ । तीन वर्षभित्र निर्माणसम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएको हो ।

मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म उक्त पुलमा ७२ प्रतिशत प्रगति भएको जानकारी दिए । पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते जेडआइष्ट अन्नक जेभीसँग सम्झौता भएको थियो । पाण्डेले भने, “पुल निर्माणको म्याद सकिएकाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ । थप हुने म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।”

आगामी असार १९ गतेसम्म म्याद थपका लागि सिफारिस भएको र निर्णय हुन बाँकी रहेको पाण्डेले बताए । उनले भने, “पुलको काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीले थप हुने म्यादमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।”

छवटा स्पानको उक्त पुल ३१५ मिटर लामो हुनेछ भने पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गको सबैभन्दा लामो ‘आर्क डिजाइन’को उक्त पुल चार लेनको हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १० : ५६ बजे

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान