निर्माणाधीन पुलको म्याद सकियो, काम सकिएन « Khabarhub

निर्माणाधीन पुलको म्याद सकियो, काम सकिएन


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

दमौली- मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन पुलको म्याद सकिएको छ । तीन वर्षभित्र निर्माणसम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएको हो ।

मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का इन्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म उक्त पुलमा ७२ प्रतिशत प्रगति भएको जानकारी दिए । पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते जेडआइष्ट अन्नक जेभीसँग सम्झौता भएको थियो । पाण्डेले भने, “पुल निर्माणको म्याद सकिएकाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिएको छ । थप हुने म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।”

आगामी असार १९ गतेसम्म म्याद थपका लागि सिफारिस भएको र निर्णय हुन बाँकी रहेको पाण्डेले बताए । उनले भने, “पुलको काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीले थप हुने म्यादमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।”

छवटा स्पानको उक्त पुल ३१५ मिटर लामो हुनेछ भने पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गको सबैभन्दा लामो ‘आर्क डिजाइन’को उक्त पुल चार लेनको हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १० : ५६ बजे

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय