दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते « Khabarhub

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खलङ्गा- दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छ । घटनामा अरु दश जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली नगरपालिका–६ को निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय नरेशबहादुर पाललाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए ।

दुर्घटनामा घाइते अन्य छ जनालाई थप उपचारका लागि धनगढी ‘रिफर’ गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार २४ वर्षीय लोकेन्द्रसिंह धामी, २८ वर्षीय पङ्कज पाल, २८ वर्षीय जयबहादुर पाल, २४ वर्षीय सुमन पाल, गाडी चालक ४० वर्षीय अम्मरसिँह धामी र १४ वर्षीय सुमन पाललाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको हो । अन्य चार जनालाई उपचार गरी घर पठाइएको छ ।

जिपमा जम्मा ११ जना सवार रहेका थिए । जिप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ०५ बजे

सिंहदरबारमा ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्दैछ

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम