आगलागीका घटनामा वृद्धि « Khabarhub

आगलागीका घटनामा वृद्धि


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् ।

प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार कूल ११ लाख एक सय रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ । गोसाइँकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ । भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन् ।

दोलखाको गौरीशङ्कर गापा–९ स्थित येलुङ रि हिमाल आरोहणका लागि गएका नेपाली पथप्रदर्शक तथा विदेशी नागरिक समेत गरी १२ जना गएकामा हिमाल आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी चार जना विदेशी नागरिक बेपत्ता भएका छन् । दुई नेपाली र एक विदेशी गरी तीन जनाको मृत्यु र पाँच नेपाली घाइते भएका छन् ।

गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ । सिरहा, तनहुँ र कैलालीमा भने सर्पदंशकारण तीन जना घाइते भइ उपचारका क्रममा छन् । (रासस)

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : २१ बजे

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च

पुलिसले जित्यो महिला भलिबल प्रतियोगिताको उपाधि

झापा – अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल

मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर

काठमाडौं – उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले विवाद