फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ | Khabarhub Khabarhub

फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा अघि सार्न प्रस्ताव गरेका छन्।

सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै मन्सुरले गगन थापा नेतृत्वमा नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा राखे। उनले भने, ‘अहिले गगनकुमार थापाको पक्षमा कांग्रेसको प्रधानमन्त्री र सभापति बन्नुपर्छ भन्ने आवाज उठिरहेको छ। त्यसलाई पार्टीले सुन्न र मूल्यांकन गर्नुपर्छ।’

मन्सुरले विशेष महाधिवेशनलाई पार्टीले सकारात्मक रूपमा लिनुपर्ने सुझाव पनि दिए। उनका अनुसार, कांग्रेसका लागि विशेष महाधिवेशन नयाँ अभ्यास होइन र आवश्यक परे १० दिनभित्र गर्न सकिने प्रक्रिया रहेको छ।

उनले भने, ’यो निर्णय कांग्रेसका लागि अवसर हो। विशेष महाधिवेशनलाई कांग्रेसले ग्रहण गर्नुपर्छ। त्यसपछि हामी फागुन २१ को चुनावमा जान सक्छौं।’

पूर्व जिल्लासभापति समेत रहिसकेका मन्सुरले आफ्नो राजनीतिक अनुभव स्मरण गर्दै भने, ‘म २०५० सालमा पार्टी सभापति थिएँ। गिरिजाप्रसाद कोइरालासँग निकट भएकाले कृष्णप्रसादले मलाई हटाउनुभयो। तर आज पनि म जनताको चाहना सुन्नुपर्नेमा जोड दिन्छु।’

मन्सुरले चौधौं महाधिवेशनमा गगन थापा लोकप्रिय नेताका रूपमा स्थापित भएका बताए । ‘त्यो महाधिवेशनमा गगन लोकप्रिय नेताका रुपमा स्थापित भए । अहिले पनि उनले अघि सारेको विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत प्रतिनिधि उभिएका छन्’, उनले भने, ’अब उनलाई कांग्रेसबाट भावी सभापति र प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्नुपर्छ ।‘

मन्सुरले पार्टी एकता, नयाँ सोच र युवा नेतृत्वलाई प्राथमिकता दिएर आगामी चुनावमा गगनलाई आधिकारिक रूपमा अगाडि बढाउन पनि आग्रह गरे।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ३२ बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका