झलनाथको आरोप : जेन–जीका नाममा ‘सन्ड मुसुन्ड’ले देशमा कोतपर्व भन्दा ठूलो विध्वंश मच्चाए « Khabarhub

झलनाथको आरोप : जेन–जीका नाममा ‘सन्ड मुसुन्ड’ले देशमा कोतपर्व भन्दा ठूलो विध्वंश मच्चाए


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।

अन्तिम समयमा सहभागी हुन पुगेका उनले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार असफल भएपछि जेन–जी आन्दोलन जन्मिएको बताएका छन्।

उनले आन्दोलनको सुरुवाती उद्देश्यप्रति पूर्ण समर्थन रहेको बताउँदै भने, ‘जेन–जी भाइबहिनीहरूको आन्दोलनमा हाम्रो पूर्ण समर्थन थियो, मैले पनि समर्थन गरेको थिएँ।’

तर खनालले भदौ २३ गते सुरु भएको आन्दोलनमा बाह्य शक्तिहरूले हस्तक्षेप गरेपछि हिंसा फैलिएको आरोप लगाए।

‘भदौ २३ गतेको आन्दोलनलाई अरू सन्ड मुसुन्डले कब्जा गरेपछि हिंसा भयो,’ उनले भने, ‘भदौ २४ गते तिनै सन्ड मुसुन्डले ठूलो विध्वंश मच्चाए। कोत पर्वभन्दा पनि ठूलो, अलौ र भण्डारखाल घटनाभन्दा पनि व्यापक हत्याकाण्ड र हिंसा भयो।’

उनले त्यस्तो विध्वंसपछि देश गम्भीर संकटमा परेको बताउँदै अबको पुनर्निर्माण जिम्मेवारी कम्युनिस्टहरूले लिनुपर्ने स्पष्ट गरे।

‘नेपाल अहिले त्यो विध्वंशको शिकार भएको देश हो,’ खनालले भने, ‘यसको पुनर्निर्माण कम्युनिस्टहरूले मात्रै गर्न सक्छन्।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट