नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । 

दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा सात चौका प्रहार गर्दै ४८ रनको योगदान दिएका हुन् । त्यस्तै कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए । 

यता युएईका लागि ध्रुव पराशर, मुहम्मद जवादुल्लाह र जुनेद सिद्दिकीले समान दुई÷दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २१ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा