नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल « Khabarhub

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेनजीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

‘संविधानको रक्षा गर्दै देशलाई अघि बढाउन र देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधिसभा पुनः स्थापना अनिवार्य छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले प्रतिबद्ध छ।’

उनले संविधान गतिशील दस्तावेज भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरी संशोधन गर्न एमाले तयार रहेको बताए।

उनले आगामी २७ देखि २९ मंसिरसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ०९ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार