आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख । पुस कृष्ण पक्षको प्रतिपदा तिथि । अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस, विश्व माटो दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुने जाेखिम छ । मन दुःखी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : साथीभाइसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सफल बन्नेछ । व्यापारमा नाफा हुने भएकाले थप मिहिनेत गर्नु राम्रो हुन्छ ।

मिथुन : दिन राम्रो छ । आम्दानी बढ्नेछ । परिवारमा रमाइलो गर्ने योग रहेको छ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्य उपचारमा भए लाभ हुनेछ ।

कर्कट : दिन राम्रो छ । आराम गरेर बस्ने अवसर प्राप्त हुनेछ । सानो लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्ने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : सानो कुराले खटपटी बढ्नेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिन्छ । राज्यका तर्फबाट अवसर मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार हुँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन सहज छ । स्वास्थ्यमा सुधार हुनेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तपाईंको योजना अनुसार अगाडि बढ्न सहज हुनेछ । यात्रा सहज बन्नेछ ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ । बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । संकटमा परिवारको उचित सल्लाह प्राप्त हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । आम्दानी हुनेछ । राज्यको माथिल्लो निकायबाट तपाईंको खोजी हुनेछ । गोप्य कुरा सार्वजनिक नगर्नु फाइदा हुनेछ । शिक्षाामा मिहिनेत गर्नु उचित हुन्छ ।

धनु : दिन सामान्य छ । दाजुभाइको सहकार्यमा गरेको काम सहजै बन्नेछ । मनका समस्या साथीसँग साट्नु राम्रो हुनेछ । हरेक क्षेत्रमा थप श्रम गर्नुपर्ने योग छ ।

मकर : तपाईंले गरेको प्रयास सफल हुनेछ । बिहान उठेर पन्छीलाई दाना दिँदा फाइदा हुनेछ । शिक्षामा भन्दा व्यापारमा फाइदा हुनेछ । राजनीतिमा विपक्षी साथीसँग सचेत बन्नुपर्नेछ ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ । सहयोग गर्ने भन्दा दुःखमा रमिता हेर्ने साथी धेरै हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : दिन सहज छ । दैनिक काम सहजै बन्नेछन् । शिक्षामा गरेको प्रयासमा अवरोध हुनसक्छ । पढाइको क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्ने योग छ । परिवार भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ५ : ०९ बजे

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ