आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख । पुस कृष्ण पक्षको प्रतिपदा तिथि । अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस, विश्व माटो दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुने जाेखिम छ । मन दुःखी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : साथीभाइसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सफल बन्नेछ । व्यापारमा नाफा हुने भएकाले थप मिहिनेत गर्नु राम्रो हुन्छ ।

मिथुन : दिन राम्रो छ । आम्दानी बढ्नेछ । परिवारमा रमाइलो गर्ने योग रहेको छ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्य उपचारमा भए लाभ हुनेछ ।

कर्कट : दिन राम्रो छ । आराम गरेर बस्ने अवसर प्राप्त हुनेछ । सानो लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्ने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : सानो कुराले खटपटी बढ्नेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिन्छ । राज्यका तर्फबाट अवसर मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार हुँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन सहज छ । स्वास्थ्यमा सुधार हुनेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तपाईंको योजना अनुसार अगाडि बढ्न सहज हुनेछ । यात्रा सहज बन्नेछ ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ । बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । संकटमा परिवारको उचित सल्लाह प्राप्त हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । आम्दानी हुनेछ । राज्यको माथिल्लो निकायबाट तपाईंको खोजी हुनेछ । गोप्य कुरा सार्वजनिक नगर्नु फाइदा हुनेछ । शिक्षाामा मिहिनेत गर्नु उचित हुन्छ ।

धनु : दिन सामान्य छ । दाजुभाइको सहकार्यमा गरेको काम सहजै बन्नेछ । मनका समस्या साथीसँग साट्नु राम्रो हुनेछ । हरेक क्षेत्रमा थप श्रम गर्नुपर्ने योग छ ।

मकर : तपाईंले गरेको प्रयास सफल हुनेछ । बिहान उठेर पन्छीलाई दाना दिँदा फाइदा हुनेछ । शिक्षामा भन्दा व्यापारमा फाइदा हुनेछ । राजनीतिमा विपक्षी साथीसँग सचेत बन्नुपर्नेछ ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ । सहयोग गर्ने भन्दा दुःखमा रमिता हेर्ने साथी धेरै हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : दिन सहज छ । दैनिक काम सहजै बन्नेछन् । शिक्षामा गरेको प्रयासमा अवरोध हुनसक्छ । पढाइको क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्ने योग छ । परिवार भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ५ : ०९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा