साप्ताहिक अर्थसंक्षेप : प्रभु प्रकरणमा राष्ट्र बैंक चुकेको आरोप, नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत र अमेरिकी दबाबपछि भारतले ब्याजदर घटायो « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : प्रभु प्रकरणमा राष्ट्र बैंक चुकेको आरोप, नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत र अमेरिकी दबाबपछि भारतले ब्याजदर घटायो


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

गत आर्थिक वर्ष २०८१-८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा रू नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१-८२ सम्ममा सरकारको कूल शेयर लगानी ११६ संस्थानमा चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ ।

सबैभन्दा बढी शेयर लगानी रहेका संस्था नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैकक र कृषि विकास बैंक रहेका छन् ।

त्यस्तै, गत आर्थिक वर्षसम्मको सरकारको कूल ऋण लगानी पाँच खर्ब २६ अर्ब छ करोड ६३ लाख १० हजार रहेको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार र वैदेशिक स्रोतबाट तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रहेको कार्यालयले जनाएको छ ।

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ।

यहाँबाट छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टीतेल आयात गरिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ।

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

धवलागिरिमा एक सय २९ योजना छनोट

अदालती झमेलाका कारण केवाइसीका उपभोक्ताले पाएनन् पार्टस्, मिलेन वारेन्टीअनुसारको सुविधा

५० लाख रुपैयाँ हालेर किनेको गाडीको भनेअनुसार वारेन्टी पाइएन र बिग्रेका सामान फेर्न पार्ट्स नै नभेटिए के होला ? ६० हजार किलोमिटर वा ५ वर्ष वारेन्टी दिन्छु भनेर किनेको गाडीको वारेन्टी एक वर्षमै नै पाइन छाडे र पार्टस् नभेटिए के गर्ने ?

अहिले यस्तै समस्या भोगिरहेका छन्, केवाइसी प्यासेन्जर भ्यानका ग्राहकहरूले । सीजी मोटर्सले आयात गरी बिक्री गरेको केवाइसी भ्यानको विवाद अदालतसम्म पुग्दा अहिले यसको मार ग्राहकलाई परेको छ ।

५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर किनिएको भ्यानको यतिबेला वारेन्टी पाउनै मुस्किल भएको छ। बिग्रिएको सामानको पार्ट्ससमेत पाइएको छैन । जसका कारण व्यवसाय गर्न किनेको केवाइसीको प्यासेन्जर भ्यान यतिबेला ग्यारेजतिर राख्नुपरेको छ ।

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

झापामा नरिवलको व्यावसायिक खेती

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव)को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।

बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ ।

जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्‍याउने धरौटीमा रिहा

पाल्पाबाट ५५ सय केजी अवैध युरिया मलसहित मिनी ट्रक नियन्त्रण

प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ

बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गतको मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत पाटनबाट अनुमति लिएर उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन उल्लङ्घनको अनुसन्धानका क्रममा संकलित तथ्य र विज्ञ टोलीको विश्लेषणले बैंकका शीर्ष नेतृत्वको संलग्नता पुष्टि भएको थियो।

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

वीरगञ्ज महानगरको पुँजीगत खर्च गर्ने क्षमतामा ह्रास

चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि तीन परामर्शदाता छनौट

चार वटा सार्वजनिक संस्थानको लगानी व्यवस्थापन मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका छन् ।

जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको सरकारी लगानी व्यवस्थापन तथा मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका हुन् ।

अर्थ मन्त्रालयले साउन २० गते आह्वान गरेको बोलपत्रमा सहभागी भएका मध्ये नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि एस एन्ड एस– पिजेपिएन र जीन एन्ड एसोसिएट जेभी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिको लागि एस एन्ड एस– पिजेपिएन छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बुटवल धागो कारखानाको सम्पत्ति मूल्यांकनको लागि एस एन्ड एस– पिजेपिएन र जनकपुर चुरोट कारखानाको लागि एस एन्ड एस– पिजेपिएन र एस सुवेदी एन्ड एसोसिएट जेभी छनौट भएका छन् ।

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि अहिले बैंकिङ क्षेत्रमा खैलाबैला भइरहेको छ । नियाम निकाय नेपाल राष्ट्र बैंक नै चकित हुने गरी भइरहेको सीआईबीको सक्रियताले अनेक प्रश्न जन्माएको छ ।

सीआईबीको कदमले केन्द्रीय बैंककै भूमिकामा प्रश्न उठाएको छ भने बैंकहरूमा त्रासको वातावरण बनेको छ।

बैंकिङ कसुरको आरोपमा सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरिसकेको छ । त्यसअघि प्रभु समूहकै देवीप्रसाद भट्टचनसहितका अधिकारी पनि समातिए ।

बैंक तथा वित्तीय क्षेत्रमा ऐन कानुनअनुसार नियमित अनुगमन, सुपरीवेक्षण र नियमन गर्ने अधिकार राष्ट्र बैंकको हो । वित्तीय कारोबारलाई ‘क्रिमिनलाइज’ गर्न नहुने आवाज सम्बन्धित क्षेत्रका विज्ञहरूले उठाउँदै आएका छन् । तर, कर्जा प्रवाहका क्रममा देखिएको कमजोरीको अनुसन्धानमा सीआईबी आक्रमक देखिएर केन्द्रीय बैंकको भूमिका गौण हुनुले गम्भीर प्रश्न उब्जाएको छ ।

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

चार वर्षपछि भारत आउँदै पुटिन, हुँदैछन् यी ९ ठूला सम्झौता

पाकिस्तानी जेट खसाल्ने रूसी एस-४०० भारतले थप किन्न सक्छ, राष्ट्रपति पुटिनसँग ९ ठूला सम्झौतामा सहमति सम्भावना, आज दिल्ली आउँदै छन् ।

भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’का क्रममा प्रयोग गरेको रूसी रक्षा प्रणाली किन्ने तयारी गरेको छ । भारतीय पाकिस्तानभित्र आक्रमणका क्रममा प्रयोग गरिएको उक्त रक्षा प्रणाली किन्न वार्ता अघि बढाएको छ।

व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

अलैँचीको बजार मूल्य लगातार ओरालो

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ०३ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले