बालुवाटार बैठकमा सुरक्षा निकायका प्रमुखले के भने ? « Khabarhub

बालुवाटार बैठकमा सुरक्षा निकायका प्रमुखले के भने ?


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गतेका लागि घोषणा भएको चुनावको विषयमा छलफल भएको छ।

बैठकमा सरकार, राजनीतिक दलहरू, निर्वाचन आयोग एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो। बैठकमा सुरक्षा निकायले आफूहरू घोषित चुनावमा सुरक्षा दिन तयार रहेको ब्रिफिङ गरेका बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

‘सुरक्षा निकाय फागुन २१ मा हुने चुनाव गराउनका लागि सुरक्षा दिनका लागि तयार छ भनेर उहाँहरू (सुरक्षा निकायका प्रमुखहरू) ले हामीहरू सबैलाई स्पष्ट रूपमा भन्नुभएको छ,’ बैठकपछि मन्त्री खरेलले भने।

बैठकमा निर्वचन आयोगका पदाधिकारीहरूले चुनाव गराउने दिशामा आफूहरू अघि बढिसकेको ब्रिफिङ गरेको मन्त्री खरेलले बताए। उनले चुनावको वातावरण बनाउन सरकार तयार रहेको पनि बताए।

केही दलहरूले भने सुरक्षाको वातावरणको विषयमा प्रश्न उठाएको मन्त्री खरेलले जानकारी दिए। ‘एकादुई राजनीतिक दलहरूले सुरक्षाको वातावरण अझै चुस्तदुरुस्त बनाउनुस् है भन्नुभएको छ। जुन कुरा ठिकै पनि हो। र, त्यो वातावरण त अझै झन् बनाउँदै जानुपर्छ,’ मन्त्री खरेलले भने।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ०४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको