बालुवाटार बैठकमा सुरक्षा निकायका प्रमुखले के भने ? « Khabarhub

बालुवाटार बैठकमा सुरक्षा निकायका प्रमुखले के भने ?


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गतेका लागि घोषणा भएको चुनावको विषयमा छलफल भएको छ।

बैठकमा सरकार, राजनीतिक दलहरू, निर्वाचन आयोग एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो। बैठकमा सुरक्षा निकायले आफूहरू घोषित चुनावमा सुरक्षा दिन तयार रहेको ब्रिफिङ गरेका बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

‘सुरक्षा निकाय फागुन २१ मा हुने चुनाव गराउनका लागि सुरक्षा दिनका लागि तयार छ भनेर उहाँहरू (सुरक्षा निकायका प्रमुखहरू) ले हामीहरू सबैलाई स्पष्ट रूपमा भन्नुभएको छ,’ बैठकपछि मन्त्री खरेलले भने।

बैठकमा निर्वचन आयोगका पदाधिकारीहरूले चुनाव गराउने दिशामा आफूहरू अघि बढिसकेको ब्रिफिङ गरेको मन्त्री खरेलले बताए। उनले चुनावको वातावरण बनाउन सरकार तयार रहेको पनि बताए।

केही दलहरूले भने सुरक्षाको वातावरणको विषयमा प्रश्न उठाएको मन्त्री खरेलले जानकारी दिए। ‘एकादुई राजनीतिक दलहरूले सुरक्षाको वातावरण अझै चुस्तदुरुस्त बनाउनुस् है भन्नुभएको छ। जुन कुरा ठिकै पनि हो। र, त्यो वातावरण त अझै झन् बनाउँदै जानुपर्छ,’ मन्त्री खरेलले भने।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ०४ बजे

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।