अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय विश्व शक्ति सन्तुलनमा आएको फेरबदलका कारण अधिकांश राष्ट्रका आआफ्ना छिमेकीसँगको सम्बन्धमा उतारचढाव आएको बताएका छन् ।

एकेडेमी फर सोलिड्यारिटी डाइलेटिक्सले आज आयोजना गरेको अन्तरक्रियामा उनले मुलुकको भौगोलिक अवस्थितिका कारण विशेषगरी अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताए ।

भूराजनीतिक दृष्टिकोणमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, मानवअधिकार तथा सुरक्षा विषय पनि समावेश हुने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले छिमेकी मुलुक ठूला र बलिया भएकाले नेपालले असंलग्नताको नीति अवलम्बन गर्दै यसमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।

देशमा औद्योगिक अवस्था, सामाजिक रुपान्तरण, आर्थिक प्रगति खासै उत्साहजनक नरहेको बताउँदै उहाँले राजनीतिक अस्थिरता, दलका नेतृत्वबीच अन्तरिक द्वन्द्व, भ्रष्टाचार तथा कुशासन, गरिबी, बढ्दो जनसङ्ख्या, बेरोजगार, सुरक्षाका कमजोर अवस्थाले भूराजनीतिक चुनौती थपिएको विचार व्यक्त गरे ।

नेता नेपालले मुलुकमा अहिले उत्पन्न भएको राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १० : ३३ बजे

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा