अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय विश्व शक्ति सन्तुलनमा आएको फेरबदलका कारण अधिकांश राष्ट्रका आआफ्ना छिमेकीसँगको सम्बन्धमा उतारचढाव आएको बताएका छन् ।

एकेडेमी फर सोलिड्यारिटी डाइलेटिक्सले आज आयोजना गरेको अन्तरक्रियामा उनले मुलुकको भौगोलिक अवस्थितिका कारण विशेषगरी अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताए ।

भूराजनीतिक दृष्टिकोणमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, मानवअधिकार तथा सुरक्षा विषय पनि समावेश हुने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले छिमेकी मुलुक ठूला र बलिया भएकाले नेपालले असंलग्नताको नीति अवलम्बन गर्दै यसमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।

देशमा औद्योगिक अवस्था, सामाजिक रुपान्तरण, आर्थिक प्रगति खासै उत्साहजनक नरहेको बताउँदै उहाँले राजनीतिक अस्थिरता, दलका नेतृत्वबीच अन्तरिक द्वन्द्व, भ्रष्टाचार तथा कुशासन, गरिबी, बढ्दो जनसङ्ख्या, बेरोजगार, सुरक्षाका कमजोर अवस्थाले भूराजनीतिक चुनौती थपिएको विचार व्यक्त गरे ।

नेता नेपालले मुलुकमा अहिले उत्पन्न भएको राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १० : ३३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु