लम्कीचुहाका विपन्न परिवारलाई नगरपालिकाले बनाइदियो घर | Khabarhub Khabarhub

लम्कीचुहाका विपन्न परिवारलाई नगरपालिकाले बनाइदियो घर


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– कैलालीको लम्कीचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण गरेको छ । गरिबीका कारण चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएको नगर प्रमुख सुशीला शाहीले जानकारी दिइन्  । 

नगर प्रमुख जनता आवास कार्यक्रमअन्तर्गत वडा नं ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन् भने सोही वडाका दलित तथा अति विपन्न गैर दलितहरूका पाँच घर निर्माण भएका छन् । 

यस्तै वडा नं ३ स्थित बल्चौर बादी बस्तीमा सात घर निर्माण गरिएका छन् । सोही कार्यक्रमअन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । शाहीका अनुसार चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले घर निर्माणका लागि दुई करोड विनियोजन गरेको छ । असार मसान्तसम्म पालिकाका १० वटै वडा छुने गरी काम सुरु गरिनेछ ।

‘जनता आवास भनेर हामीले पहिला ५० लाख बजेट विनियोजन गरेका थियौँ,’ नगर प्रमुख शाहीले भनिन्, ‘बजेट अपुग भएपछि पुनः ५० लाख थप गरी एक करोड रुपैयाँ बनायौँ र राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण भएका छन् । ३४ घर निर्माणका लागी थप बजेटमार्फत सम्झौता भएर प्रक्रिया अघि बढेको छ ।’

उनका अनुसार आवास निर्माणका लागि प्रदेशबाट दुई करोड रुपैयाँ बजेट आएकाले काम गर्न थप सहज भएको छ । ‘सुकुम्वासी, मुक्तकमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अब १० वटै वडामा काम गर्छौँ,’ नगर प्रमुख शाहीले भनिन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ४ : ०५ बजे

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

ट्रम्पको पहलमा रुस-युक्रेन युद्ध विरामको सम्भावना

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग

इंग्ल्यान्डविरुद्धको शृङ्खलामा भारतको क्लिन स्विप : गिल बने प्लेयर अफ द सिरिज

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको तीन खेलको शृङ्खला क्लिन स्वीप गरेको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल फागुन १ गते बिहीबार माघ

आज २०८१ साल फागुन १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १ गते बिहीबार माघ