आफ्नो हरर फिल्ममा दर्शक नतर्सेर प्रियंकालाई ट्रमा « Khabarhub

आफ्नो हरर फिल्ममा दर्शक नतर्सेर प्रियंकालाई ट्रमा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रियंका कार्कीको अभिनय रहेको फिल्म ‘ममी’ प्रदर्शनको संघारमा छ । माघ २५ देखि प्रदर्शनमा आउने यस हरर जनराको फिल्मको केन्द्रीय पात्रमा उनी छन् ।

प्रियंकाको यो पहिलो हरर फिल्म होइन । उनले ‘ची मुसी ची’ र ‘माला’ जस्ता हरर फिल्ममा अभिनय गरेकी छन् । उनले एक हरर सर्ट फिल्म ‘किचकंडी’मा पनि अभिनय गरेकी छन् ।

प्रियंका आफ्ना हरर फिल्म प्रति खासै सन्तुष्टि रहिनछिन् । आफ्ना हरर फिल्म हेर्दा आफैँलाई डर नलागेको घटना पनि उनीसँग रहेछन् ।

आफ्ना हरर फिल्मबारे प्रियंका आफैँ भन्छिन्, ‘मैले धेरै हरर फिल्ममा अभिनय गरेँ । अनि ती फिल्म हलमा हेर्दा मलाई नै डर लाग्दैन थियो ।’

नायिका प्रियंका कार्की, निर्देशक तथा कलाकार सुलक्षण भारती (बीचमा) र ‘ममी’का निर्देशक समर निरौला

कमलादीमा सोमबार आयोजित ‘ममी’को गीत सार्वजनिक कार्यक्रममा प्रियंकाले आफ्ना हरर फिल्मबाट दर्शक नतर्सिएको भन्दै आत्मआलोचना गरिन् । जसले आफ्नो प्रतिष्ठा नै खराब हुन लागेको महसुस भएको उनले खुलाइन् ।

भनिन्, ‘हरर फिल्म दर्शकलाई डर पैदा गर्नसक्नुपर्छ । मैले हरर फिल्म खेल्ने तर दर्शक नै नतर्सिने । मेरो प्रतिष्ठा नै खराब हुन लागिसक्यो ।’ यद्यपि उनी आफ्नो उत्कृष्ट हरर फिल्म ‘माला’ मान्छिन् ।

कलाकारको रुपमा आफूले शतप्रतिशत दिँदा पनि ती फिल्म सफल नभएको उनको तर्क छ । भन्छिन्, ‘प्रायः फिल्महरूको स्क्रिप्ट एकदमै राम्रो हुन्छ । फ्लोरमा गएपछि चिप्लिने हो । स्क्रिप्टको ३० प्रतिशत पनि पर्दामा उत्रदैन । बजेटका कारण छायाङ्कनमा सम्झौता, ब्याकग्राउन्डमा साउन्ड र भीएफएक्सका हामी चुक्दा फिल्म बिग्रिएको मलाई महसुस भएको छ ।’

यीनै कुरालाई आफूलाई हरर फिल्मप्रति ‘ट्रमा’ हुने प्रियंकाले सुनाइन् ।

उनले अगाडि भनिन्, ‘यिनै कुराले मलाई दर्शक तर्सिने खालको हरर फिल्म खेल्नुपर्छ भन्ने लागेको थियो ।’

‘ममी’ फिल्ममा आफ्ना विगतको फिल्मको कमजोरी नदोहोर्‍याउन निर्देशक सरम निरौलालाई झक्झक्याएको समेत प्रियंकाले सुनाइन् । भनिन्, ‘मैले समरलाई राउन्ड र भीएफएक्समा राम्रो हुनुपर्छ है भनेर भनिरहेकै छु ।’

डराउनुपर्ने दृश्यमा दर्शक नहाँसुन् भनेर समेत निर्देशकलाई सजग गराएको समेत उनले सुनाइन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ५६ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने