ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी « Khabarhub

ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता ऐन महरलाई कारबाही माग गर्दै एकजना युवती १७ दिनदेखि माइतीघरमण्डलमा अनशनमा छिन् ।

महरले आफूलाई जबरजस्ती करणी गरेको भन्दै बझाङको बुंगलकी रम्मिला धामी अनशनमा बसेकी हुन् ।

जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् ।

तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

उच्च अदालत पाटनबाट महरविरुद्ध परमादेश जारी गर्दै गत पुस ६ गतेदेखि उनी अनशन बसेकी छन् । उनले न्याय कहिले हुन्छ ? राजनीति गर्नेलाई बलात्कार गर्ने छुट हो ? भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

‘राज्यले कि न्याय दे, कि मेरो मृत्युको जिम्मा ले, सडक रोज्नु रहर नभएर बाध्यता हो, बलात्कार पीडितका लागि न्यायालय संवेदनशील कहिले हुने, पीडितमाथि प्रहरीको दमन बन्दर गर’ जस्ता नारासहित उनी धर्नारत छिन् ।

उनलाई केही दिनअगाडि माइतीघर मण्डलमै केही युवाह कुटपिटसमेत गरेका थिए । सार्वजनिकस्थलमा कुटपिट गर्नेलाई उनले कारवाही माग गरेकी छन् ।

महरले उनलाई हनी ट्रयापिङ (आपराधिक लाभको कसुर) मा जाहेरी दिएपछि प्रक्राउ परेकी थिइन् । महरले राजनीतिक शक्तिको दुरुपयोग गरेको भन्दै उनी अब अनशनमा छिन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ३४ बजे

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि