हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध « Khabarhub

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– हुरीबतासका कारण विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ ।

म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिका केन्द्र कोबाङसम्मको खण्डमा मङ्गलबार आएको हुरीबतासले विद्युत्का पोल ढाल्नुका साथै तार चुडाएपछि ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको हो । विद्युत् आपूर्ति बन्द हुँदा पर्यटकीय जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँका अनुसार क्षतिग्रस्त प्रसारण लाइन मर्मतको काम भइरहेको छ । प्राधिकरणका प्राविधिक र मजदुरको टोलीले काभ्रेदेखि घाँसा खण्डको जङ्गल क्षेत्रमा मङ्गलबारदेखि नै मर्मत कार्य गरिरहेको छ ।

हुरीबतासले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा समेत क्षति पुर्‍याएको छ । दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख र घारमा सुन्तलाका दाना झरेर क्षति पुगेको छ भने नारच्याङमा एक र काभ्रे गाउँमा तीन घरको छाना उडाएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म हावाको अधिकतम गति प्रतिसेकेन्ड ४.१ मिटर मापन गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : १६ बजे

प्रशोधन उद्योग बन्द भएपछि चियाबारी झाडीमा परिणत

धनकुटा – बजार र प्रशोधन उद्योगको अभावमा धनकुटाको पाख्रिबासमा व्यावसायिक

हुरीबतासले प्रसारण लाइनमा क्षति पुर्‍याउँदा मुस्ताङमा विद्युत् अवरुद्ध

म्याग्दी– हुरीबतासका कारण विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर

देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने

भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

कञ्चनपुर -कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट भारततर्फ अवैध रूपमा लैजान

सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडाैँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्तोष यादवको कप्तानीमा