‘मम्मी’को प्रिमियर : जब सुलक्षण रिसाएर हलबाट निस्किए, प्रियंकाले कार्यक्रम नै रोकिन् | Khabarhub Khabarhub

‘मम्मी’को प्रिमियर : जब सुलक्षण रिसाएर हलबाट निस्किए, प्रियंकाले कार्यक्रम नै रोकिन्


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक समर निरौलाको फिल्म ‘मम्मी’को प्रिमियरमा एक अप्रिय दृश्य देखियो ।

सुन्धारास्थित एक हलमा फिल्मका कलाकार र प्राविधिकहरूको परिचयपछि फिल्म प्रिमियर हुनै लागेको थियो । नायिका प्रियंका कार्की आक्रोशित मुद्रामा यता उता-यता हतारमा हिँड्न लागिन् ।

प्रिमियरको मुख्य आकर्षणमा रहेकी नायिका आक्रोश भएपछि उनीतर सबैको ध्यान गयो । अनि उनको आक्रोशको कारण थाहा भयो– नायक सुलक्षण भारती ।

नायक भारती फिल्म प्रिमियर हुनुअघि नै हलबाट बाहिरिएपछि यो खैलाबैला भएको हो । भारती हलबाट बाहिरिनुको कारण रहेछ– बोल्न नदिनू ।

प्रिमियरको कार्यक्रम सञ्चालक जेनिशा मोक्तान थिइन् । उनले फिल्म निर्देशक, नायिकाद्वय प्रियंका र दिया मास्केलाई अगाडि बोलाएर बोल्न दिइन् । भारतीलाई भने अगाडि मात्रै बोलाइन् तर बोल्न दिइनन् ।

फिल्मका केन्द्रीय पात्र रहेका भारतीलाई ‘बोल्न नदिनु’ अपमान लागेछ । उनी हलबाट बाहिरिए ।

प्रियंकालाई पनि भारतीलाई बोल्न नदिएको असन्तुष्टि रहेछ । भारतीको कदम सही लागेछ । उनले निर्देशकलाई फिर्ता बोलाउन दबाब दिइन् । यही लिङ्गरिङले लाइट बन्द भइ पर्दामा फिल्म सुरु हुन लाग्दै थियो । एकछिन कार्यक्रम रोकिए जस्तै भयो ।

पछि निर्देशक र निर्माता पूर्णिमा जोशीले भारतीलाई हलमा फर्काए । प्रियंका पनि खुसी देखिइन् । उनी भन्दै थिइन्, ‘मलाई रिस उठ्यो भने त यस्तै हो ।’

हलमा फर्किएपछि भारतीलाई बोल्न दिइयो । उनले आफ्नो रिस निर्देशकप्रति सांकेतिक रुपमा पोखे । भने, ‘भाइ (समर)ले फिल्म राम्रो बनाएको होला ।’

उनले फिल्मसँग जोडिएका स्पोन्सरप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो भनाइ सक्काए । फिल्मको कलाकार र निर्माण पक्षको नोकझोकको यो अप्रिय दृश्यपछि प्रिमियर सुरु भयो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ०४ बजे

राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ– दश स्थानीय तह रहेको खोटाङमा ९६ प्रतिशत घरपरिवार उपभोक्ताले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठ परम्परा

म्याग्दी- धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

नवलपरासी- यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको