आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक « Khabarhub

आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक देखिएको छ । 

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, केही वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरू सहभागी रहेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । 

पारिश्रमिक आठौँ तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ हुनुपर्ने, ड्युटीको समय डब्लुएचओको मापदण्ड अनुसार हुनुपर्ने लगायतका माग राखेर आवासीय चिकित्सकहरू आन्दोलन गरिरहेका छन् ती मागका विषयमा सरकार सकारात्मक देखिएको छलफलमा सहभागी स्वास्थ्यकर्मीहरूका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका डा. अमृत भुषालले बताए । 

अहिले आश्वासन मात्रै प्राप्त भएकाले यसको निर्णय नाआएसम्म आफ्नो आन्दोलन भने शान्तिपूर्ण रूपमा चलिरहने उनले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रूपमा पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेपछि चिकित्सकहरूले असहमति जनाउँदै आन्दोलन गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ०७ बजे

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल