पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले « Khabarhub

पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रकरण कोट्याउँदै सरकारलाई घेर्ने कोशिश गरेका छन् ।

उनले बिहीबार प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश भन्दै घेर्ने कोशिश गरेका हुन् । उनले सरकारले निरंकुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याइएको आरोप पनि लगाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बैठकमा सामाजिक अभियन्ता भनिएकी आशिका तामाङलाई हतकडी लगाएर काठमाडौं र भक्तपुर घुमाइएको प्रसंग पनि निकालेका छन् ।

त्यसैगरी पाथीभरामा केबलकार निर्माणका लागि गोली हानेर स्थानीयलाई दमन गरिएको पनि उनले आरोप लगाएका छन् ।

‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ?’, उनले भने, ‘आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ ।’

उनले यो सरकारले अभिव्यक्ति स्वतन्त्र खोस्न खोजेको पनि बताए । ‘अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ’, उनले आशिका प्रकरणमा भने भने, ‘कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

पाथीभरा केबलकारको विवादमा जनतालाई गोली हानिएकोमा पनि उनले आपत्ति जनाए । पाथीभरा र मुक्कुम्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँडेको भनेर प्रश्न गरे ।

टिसर्टमा कसैको फोटो देखिँदा नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई थुनेर मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोँच भएको उनले बताए ।

‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ? संविधानभन्दा माथि हो ? तपाईंहरू मालिक र नागरिक दास हो ?’, उनले भने ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया