नागरिकको राय, सुझावमा बजेट बन्ने छ : मन्त्री यादव « Khabarhub

नागरिकको राय, सुझावमा बजेट बन्ने छ : मन्त्री यादव


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको बजेट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय–सुझावमा बन्ने बताएका छन् । 

सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको बिहीबार उद्घाटन गर्दै उनले कसैको पनि दबाब बजेट नबन्ने बताए ।

‘देशभरका करिब ४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर हामी यसपालिको बजेट बनाउने छौँ । कसैको धाँधली, दबाबमा बजेट बन्ने छैन,’ यादवले भने, ‘खानेपानीको समस्या उपभोक्ता समिति जति कसैले पनि बुझ्न सकेको छैन । उपभोक्ता समितिको राय, सल्लाह र सुझावमा मात्रै हामीले खानेपानीको बजेट बनाउने छौँ ।’

खानेपानी नागरिकको मौलिक हक भएकाले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएकाले खानेपानीको क्षेत्रमा उपभोक्ताबाट लिइँदै आएका करलाई पनि अन्त गरिने उनको भनाइ थियो । 

‘खानेपानी र सरसफाइ हाम्रो प्राथमिक आवश्यकता हो । नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो,’ मन्त्री यादवले भने, ‘हाम्रै नागरिकले प्रयोग गर्ने पानीबाट सरकारले कर लिने विषय राम्रो होइन ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ३ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र