नागरिकको राय, सुझावमा बजेट बन्ने छ : मन्त्री यादव « Khabarhub

नागरिकको राय, सुझावमा बजेट बन्ने छ : मन्त्री यादव


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको बजेट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय–सुझावमा बन्ने बताएका छन् । 

सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको बिहीबार उद्घाटन गर्दै उनले कसैको पनि दबाब बजेट नबन्ने बताए ।

‘देशभरका करिब ४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर हामी यसपालिको बजेट बनाउने छौँ । कसैको धाँधली, दबाबमा बजेट बन्ने छैन,’ यादवले भने, ‘खानेपानीको समस्या उपभोक्ता समिति जति कसैले पनि बुझ्न सकेको छैन । उपभोक्ता समितिको राय, सल्लाह र सुझावमा मात्रै हामीले खानेपानीको बजेट बनाउने छौँ ।’

खानेपानी नागरिकको मौलिक हक भएकाले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएकाले खानेपानीको क्षेत्रमा उपभोक्ताबाट लिइँदै आएका करलाई पनि अन्त गरिने उनको भनाइ थियो । 

‘खानेपानी र सरसफाइ हाम्रो प्राथमिक आवश्यकता हो । नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो,’ मन्त्री यादवले भने, ‘हाम्रै नागरिकले प्रयोग गर्ने पानीबाट सरकारले कर लिने विषय राम्रो होइन ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : १७ बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा