राष्ट्रियसभामा इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग « Khabarhub

राष्ट्रियसभामा इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इशरा र सरस्वती खड्काको हत्याका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

बैठकको शून्य समयमा सांसद मदनकुमारी शाहले यही माघ ११ गते अछामस्थित ढकारी गाउँपालिकाका इशरा खड्का र सरस्वती खड्काको हत्यामा संलग्न दोषीलाई राजनीतिक संरक्षण दिएर जोगाउन नहुने धारणा राख्दै दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्नुपर्ने माग गरेकी हुन् । 

उनले भनिन्, ‘गणतन्त्रमा महिला माथिका हिंसा निरन्तर बढ्दो क्रममा छन्, जुन दुःखदायी छ । यो सुशासनका लागि पनि चुनौतीपूर्ण छ, यही माग ११ गते अछामको ढकारी गाँउपालिकाका १४ वर्षीय इशरा र १५ सरस्वती खड्काको बीभत्स हत्या भएको छ, दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’ 

सांसद नारायणदत्त मिश्रले भनिन्, ‘पहाडी क्षेत्रका गाउँपालिका र नगरपालिकामा सडक विस्तारका नाममा डोजरको प्रयोग गर्दा स्थानीय मजदुर समस्यामा पर्नुका साथै बाढीपहिरोको जोखिम पनि बढिरहेकाले पहाडी जिल्लामा बाटो पु¥याउन प्रयोग गरिने डोजर रोक्नुपर्छ ।’

सांसद नरबहादुर विष्टले दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत अहिलेको अवस्थामा पनि भइरहेकाले यसको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बताए। 

यस्तै सांसद भुवनबहादुर सुनारले प्रहरीले अन्तरजातीय विवाह गर्ने सत्येन्द्रकुमार रामलाई बिना कारण हिरासतमा राखेर कुटपिट गरेको भन्दै आपत्ति जनाए । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ४ : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा