पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक : कमल थापा | Khabarhub Khabarhub

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक : कमल थापा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू सबै एकै ठाउँमा आएर आन्दोलनमा होमिनु पर्ने प्रस्तावप्रति राप्रपा अनुदार देखिनुलाई आफूले आश्चर्यजनक रूपमा लिएको बताएका छन् ।

आज पार्टीको लुम्बिनी, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पदाधिकारी, सदस्य र जिल्ला अध्यक्ष हरिसँगको भर्चुअल बैठकमा बोल्दै थापाले अहिले एक-एक व्यक्तिको पनि महत्त्व र आवश्यकता भएको बेलामा सबै बिचार मिल्ने पार्टी ,समूह, अभियान एक ठाउँमा बसौँ भन्दा राप्रपाले यो विषयलाई प्राथमिकता नदिनु अचम्मको रहस्य भएको समेत बताए ।

‘उहाँहरुको आफ्नो केही आन्तरिक समस्या पनि हुन सक्ला, अब त्यो हामीले जान्ने कुरा भएन,’ थापाले भने ।

राप्रपासँग तत्काल एकता हुन नसकेता पनि एकताको ढोकालाई खुल्ला राख्दै अब बिचार मिल्ने अन्य अभियान ,समूह र पार्टीसँग छलफल गरेर राप्रपा नेपाल आन्दोलनमा जाने उनले स्पष्ट पारे ।

‘सिद्धान्त केन्द्रित भएर इमानदारीपूर्वक आन्दोलनमा जान तयार हुने सबैसँग छलफल गर्छौ र आन्दोलनमा जान्छौ, अहिले एजेन्डा स्थापित गर्ने अनुकूल समय छ,’ उनले भने ।

बेरोजगारी ,धर्म परिवर्तन, आर्थिक मन्दी जस्ता डरलाग्दो समस्या यो व्यवस्था र प्रणालीले सामना गर्न नसक्ने भन्दै थापाले धार्मिक आस्था र विश्वासमाथि हमला गर्दै धर्म संस्कृति र पहिचानलाई कमजोर बनाउने विदेशी पैसाको प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्दै थापाले छानबिन र कारबाहीको माग गरे ।

सो अवसरमा उनले संगठन र आन्दोलनलाई सङ्गै लैजानु पर्ने भएकोले विषयको गाम्भिर्यतालाई बुझेर काम गर्न भर्चुअल बैठकमा सहभागी नेता कार्यकर्तामा आग्रहसमेत गरे । –न्युजकारखानाबाट

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : १३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ