जन्मदिनको केक तरबारले काटियो, आतंक फैल्याएको आरोपमा सातजना पक्राउ « Khabarhub

जन्मदिनको केक तरबारले काटियो, आतंक फैल्याएको आरोपमा सातजना पक्राउ


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट सात जना पक्राउ परेका छन् । केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं-२६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय मनोहर थापामगर,  गोरखा आरुघाट गाउँपालिका-७ घर भई पवित्रनगर नै बस्ने २७ वर्षीय सुमन पराजुली रहेका छन् ।

यस्तै, काभ्रे रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका-११ घर भई पवित्रनगर बस्ने ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखा आरुघाट गाउँपालिका-६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर र दोलखा बैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं-७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन् ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार १०/१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए।

‘उनीहरूको विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ, आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ,’ एसएसपी बस्नेतले भने, ‘गुन्डाहरूविरूद्ध हाम्रो अपरेसन सुरू भएको छ।’

गत शुक्रबार नयाँ कार्यालय प्रमुखको रूपमा हाजिर भएपछि बस्नेतले राजधानीमा गुन्डाहरूको गतिविधिमाथि निगरानी बढाइएको बताएका थिए । -न्युजकारखानाबाट

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ६ : ४१ बजे

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

एजेन्सी– सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर