प्रसूति व्यथा लागेको १८ घण्टापछि हेलिकोप्टरबाट उद्धार « Khabarhub

प्रसूति व्यथा लागेको १८ घण्टापछि हेलिकोप्टरबाट उद्धार


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

किमाथांका – सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भोटखोला–४ नामासेकी ३६ वर्षीया याङजम भोटेको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरिएको हो । 

यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा विकट मानिन्छ । प्रसूति व्यथा लागेर बुधबार साढे १० बजे नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रमुख प्रशासकीय फुर्पु भोटेले जानकारी दिए। उनलाई काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह पठाइएको उनले बताए। 

सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।  

विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावले दुर्गममा भरपर्दो प्रसूति सेवा छैन ।

 गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत २०७७ सालदेखि हालसम्म २४ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले बताउनुभयो । उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवती १७ देखि ३६ वर्ष उमेर समूहका छन् ।  

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ३४ बजे

पक्राउ पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल