एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ | Khabarhub Khabarhub

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि आज प्रतिनिधिसभामा उपस्थित भएका छन्।

गत साल माघ १७ गते ब्रेन स्ट्रोक भए पश्चात आज पहिलो पटक सदन गएको उनकी श्रीमती भूमिका सुब्बाले जानकारी दिइन् ।

नेम्बाङलाई ताप्लेजुङको एक कार्यक्रममा सहभागी हुने क्रममा स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो। त्यसपछि काठमाडौं ल्याएर उपचार गराउँदा उनलाई ब्रेन स्ट्रोक देखिएको थियो ।

नेम्बाङबारे श्रीमती सुब्बाले फेसबुकमा लेखेकी छ्न, ‘जानुहुँदा अनुहार मलीन देखीए पनि सदनबाट फर्कीनु हुँदा असाध्यै खुशी हुनुहुन्थ्यो । उहाँको मनोबल उच्च राख्न र स्वास्थ सुधार गर्न पनि अब पहिलाको गतिविधिहरूलाई विस्तारै निरन्तरता दिनुपर्छ भन्ने महसुस भएकोछ ।’

अहिले नेम्बाङ सुन्न सक्ने भएपनि बोल्न नसक्ने श्रीमती सुब्बाको भनाइ छ। नेम्बाङ २०७४ र ७९ को निर्वाचनमा पाँचथरबाट विजयी भएका सांसद हुन् । यस अगाडि उनी भौतिक पूर्वाधारमन्त्री सहरी विकासमन्त्री समेत भइसकेका छन्।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ९ : ५४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ