मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री सुर्खेत आउने | Khabarhub Khabarhub

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री सुर्खेत आउने


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका भोली शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउने भएका छन् । 

शुक्रबार बिहान ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विद्यार्थीहरू दीक्षित हुने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री ओलीसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति विद्या भट्टराई र सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा उपस्थिति रहने ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह, सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक सह प्रा. डा. लीलाधर तिवारी बताए । 

दीक्षान्त समारोहमा विभिन्न तीन वर्षको ब्याजहरूबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई उपकुलपति पदक, सबै ग्र्याजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिस्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरू गरी जम्मा ३५ जनाले प्रमाणपत्रसहित पदक पाउने विश्वविद्यालयले जनाएको छ । 

दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका तीन हजार आठ सय ४१ जना विद्यार्थीहरू दीक्षित हुने र जसमध्ये आठ सय ८५ जना विद्यार्थीहरूले सहभागिताको लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १ : ४४ बजे

भृकुटीमण्डपमा एमालेको ‘यूथ सेलिब्रेशन’ (तस्बिरहरू)

काठमाडौं– सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको

निजी मेडिकल कलेजले सरकारको निर्णय मान्दिनँ भन्न मिल्दैन : स्वास्थ्यमन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजमा कार्यरत

भोलिको संसद्‌मा पहिलो सम्बोधन प्रधानमन्त्रीले गर्ने

काठमाडौं– संसद् अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले

कर्णालीमा चार जिल्लाका प्रहरी प्रमुख फेरिए, सुर्खेतमा सूचना अधिकारी

सुर्खेत– प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली– हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय