राष्ट्रियसभामा स्वास्थ्यमन्त्रीले भने- एचपीभी खोप सरकारको नियमित कार्यक्रममा राख्छौँ « Khabarhub

राष्ट्रियसभामा स्वास्थ्यमन्त्रीले भने- एचपीभी खोप सरकारको नियमित कार्यक्रममा राख्छौँ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षसम्मका किशोरीहरूलाई लगाएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सुरक्षित र प्रभावकारी भएकाले नियमित खोप कार्यक्रममा समावेश गरिने जानकारी दिएका हुन् ।

उनले यस वर्षमात्रै  १४ लाख ४६ हजार भन्दा बढी किशोरीहरूलाई उक्त खोप लगाइएको बताए ।

अव १४ वर्षभन्दा माथिका किशोरीलाई पनि एचपीभी खोप लगाउनेबारे अध्ययन भइरहेको उनले बताए । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै