म्याग्दीको कोसेरा खोलामा पुल निर्माण « Khabarhub

म्याग्दीको कोसेरा खोलामा पुल निर्माण


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका- ८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ ।

३३ लाख २४ हजार एक सय ६७ रुपैयाँको लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका ४८५ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए ।

‘खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि हटेको छ’, उनले भने, ‘अब ढुक्क भएर सुरक्षित रूपमा खोला वारपार गर्न पाइने भयो ।’

रघुगङ्गा गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रमको सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

रघुगङ्गा गाउँपालिकाले चार लाख ७२ हजार ४७७ र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले ३० लाख ८९ हजार २७३ सहयोग गरेको पुल निर्माणमा उपभोक्ताले ७२ हजार ६८८ बराबरको श्रमदान गरेका छन् ।

जिल्लामा झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको सामुदायिक परिचालनको काम गर्दै आएको गैरसरकारी संस्था मिलनका अध्यक्ष दिलु बिटालुका अनुसार चालु आर्थिक वर्षको हालसम्म धवलागिरि गाउँपालिकामा दुईवटा, रघुगङ्गा र बेनी नगरपालिकामा एक–एकवटा झोलुङ्गे पुल निर्माण भएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा ६ र आर्थिक वर्ष २०७९–८० मा ९ झोलुङ्गे पुल निर्माण भएका थिए । मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर २९१ झोलुङ्गे पुल छन् ।  

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ५५ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र