यु- १९ पुरुष विश्वकप एसिया छनोट : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङमा   « Khabarhub

यु- १९ पुरुष विश्वकप एसिया छनोट : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङमा  


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यु- १९ र अफगानिस्तानको यु- १९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो दिनको खेल जारी छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा अफगानिस्तानले टस जितेर  पहिले ब्याटिङ गरेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । यु- १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरूप नेपाल र अफगानिस्तानले अभ्यास खेल खेलेका हुन् ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।

अफगानिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।  यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि अफगानिस्तानले जित्ने छ ।

अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल, अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ०३ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी