लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि  | Khabarhub Khabarhub

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि 


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले जानकारी दिएको छ ।  

कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरकसहित कुल ७ सत्र सञ्चालन हुँदै छन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता  र जबाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आईक्यानले जानकारी दिएको छ । 

सम्मेलनले लेखा पेशाको उन्नति र आर्थिक विकासमासमेत योगदान पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ७ सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । ४ जनाले प्रस्तुति दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधि समेत उपस्थित हुने आयोजकले बताएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान गरिएको छ । 

मंगलबार हुने उद्घाटन कार्यक्रममा आईक्यानका अध्यक्ष प्रविनकुमार झा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक बामदेव शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष अशाफाक युसुफ तोला समेत उपस्थित रहने बताइएको छ । 

चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत र अडिटर्स एसोसिएसन अध्यक्ष बद्रीप्रसाद भट्टराईको समेत उपस्थिति रहनेछ । आईक्यान उपाध्यक्ष नीलबहादुर मगरले कार्यक्रम समापन गर्ने योजना छ । 

सम्मेलनको उद्घाटनपछि पहिलो सेसन सुरु हुनेछ । पहिलो सत्रमा सार्वजनिक वित्तीय व्यवस्थापनको नवीनता तथा विश्वव्यापी प्रवृत्ति र नेपालमा कार्यान्वयन स्थितिबारे छलफल हुनेछ । 

सो सत्रमा चार्टर्ड एकाउन्टेन्ट संस्था भारतका अध्यक्ष चरणजोत सिंह नन्दले अध्यक्षता ग्रहण गर्नुहुनेछ भने आईक्यानका पूर्व अध्यक्ष नरेन्द्र भट्टराईले मोडरेटर तथा पूर्वउपमहालेखा परीक्षक रामुप्रसाद डोटेलले पेपर प्रिजेन्टेसन गर्ने कार्यक्रम छ । प्यानालिस्टमा सरकारका सहसचिव सुवासचन्द्र सिवाकोटी, सीए हेमकुमार काफ्ले र दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहने कार्यक्रम छ । 

दोस्रो सत्रमामा दिगो अर्थतन्त्र र सार्वजनिक वित्तीय व्यवस्थापनमा भइरहेका पहललाई एकीकृत गर्नेगरी परामर्श हुनेछ । यसमा आईक्यान सदस्य आनन्दराज शर्मा वाग्लेले मोडरेटर गर्नेछन् भने श्रीलंकाका काउन्सिल मेम्बर शमन श्रीलाले पेपर प्रिजिन्टेसन दिनेछन् । 

तेस्रो सत्र सार्वजनिक वित्तीय व्यवस्थापन सुधार तथा लेखाव्यवसायीको भूमिकामा केन्द्रित रहनेछ । जसमा उपमहालेखा परीक्षक बैकुण्ठबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नेछन् भने सीए ठाकुरप्रसाद अधिकारीले मोडरेटर तथा सीए नन्द्रकिशोर शर्माले पेपर प्रिजेन्टेसन गर्नेछन् । छलफल सत्रमा सीए विश्वराज बसौला, गोरखबहादुर शाही, सीए भवनाथ दाहाल र सीए सन्जिता नेपाल रहनेछन् । 

चौथो सत्र वैदिक साहित्य र वित्तीय अनुशासनमा केन्द्रित रहनेछ । यो सेसनमा सीए हरिकुमार सिलवाल मोडरेटर रहनेछन् भने अर्जुनप्रसाद बास्तोलाले पेपर प्रिजेन्टेसन गर्नेछन् । 

पाँचौँ सत्र ‘स्वस्थ जीवनका लागि स्वस्थ आहार’मा केन्द्रित रहनेछ । डा. उमेश श्रेष्ठले प्रस्तुति दिनेछन् । छैटौँ सेसनमा ‘रणनीतिक कर सुधार : लचिलो कर प्रणालीमा अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन’का विषयमा छलफल हुनेछ । जसमा सीए नीलबहादुर सारु मगरले मोडरेटर गर्नुहुनेछ भने प्यानालिस्टमा पूर्व सचिव रामेश्वर खनाल, आईक्यान पूर्व अध्यक्ष सुदर्शन राज पाण्डे, उद्योग वाणिज्य महासंघ कर तथा राजश्व कमिटी अध्यक्ष अम्बिका प्रसाद पौडेल, आन्तरिक राजश्व विभागका डेपुटी डाइरेक्टर पदमकुमार श्रेष्ठ, दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहने जनाइएको छ । 

अन्तिम तथा सातौँ सेसनमा लचिलो कर निर्माणमा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहनेछ । जसमा मोडरेटरका रुपमा सीए सुनिल देवकोटा रहनुहुनेछ भने प्यानालिस्टमा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, सहायक महालेखा परीक्षक घनश्याम पराजुली, सीए उमेशराज पाण्डेय, सीए झलकमणि लम्साल र सीए शेशमणि दाहाल रहनेछन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ५ : २८ बजे

नेपाल र भारतका सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक

वायु प्रदूषण न्यूनीकरणमा सरकारले तत्काल कदम चाल्नुपर्ने

काठमाडौं – वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो

अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – प्रहरीले अरुकै जग्गा बैना गरेर साढे ४५ लाख

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा

चितवनकाे पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो

चितवन – जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा