आज २०८२ साल वैशाख २३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २३ गते मंगलबारको राशिफल


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २३ गते मंगलबार। वैशाख शुक्ल पक्षको नवमी तिथि। सीता जयन्ती। तदनुसार सन् २०२५ मे ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ।

वृष : धन प्राप्ति हुने दिन छ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्त र साथीको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नेपर्ने दिन छ। नयाँ खबरले मनमा उत्साह थपिनेछ। आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। आफ्ना बोलीका कारण बन्न लागेको काम बिग्रिन सक्छ। सोचेर बोल्नु पर्नेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : मन खुशी हुनेछ। सोचेका काम बन्नेछन्। अढैया शनिको कारणले साथीसँग कुरा नमिल्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा हरेक काममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्तको मौका मिल्नेछ। कृषि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

तुला : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। महत्त्वपूर्ण काम गर्नु अगाडि सामूहिक निर्णय गर्दा राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

विश्चिक : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मन शान्त बन्नेछ। गोप्य कुरा आफूभित्र मात्र राख्नु उचित हुनेछ।

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा मन जानेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आइपर्न सक्छ।

मकर : दिन राम्रो छ। विकासमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले तपाईंलाई सहयोग गर्नेछन्। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ।

कुम्भ : मनमा खुशी मिल्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। मन अशान्त र खटपटी बढ्ने जोखिम छ। विपक्षी साथीको आवाज चर्को बन्दै जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ०४ बजे

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले