सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम प्रभावकारी बन्दै  | Khabarhub Khabarhub

सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम प्रभावकारी बन्दै 


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।

सोही अनुसार सोमबार वडा नम्बर २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गरे ।

स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगरप्रमुख चौधरीले बताए ।

‘सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरका हौँ’, उनले भने, ‘अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।’

स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई कार्यक्रममार्फत पोषण सामग्री वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले स्वस्थ्य संस्थामा नियमित जाँच गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाकी सिनियर अनमी रिता यादवले बताइन् ।

उनका अनुसार अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् । कार्यक्रमअन्तर्गत चामल, दाल, नुन, तेल, चना, सोयाविनलगायत पौष्टिक आहार र खाद्यान्न सामग्री वितरण गर्ने गरिएको उनको भनाइ छ ।

नगरभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीले बताए । पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती तथा सुत्केरीले खुसी भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ०६ बजे

बानेश्वर २६६४ : जब यौन दुर्व्यवहारको आरोपमा विद्यालय सञ्चालक समातिए…

सांकेतिक तस्बिर काठमाडौं– बानेश्वर प्रहरीवृत्तको अधिकार क्षेत्रभित्र पर्ने क्षेत्रमा रहेको

बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा

सुदीप र शान्तीश्रीको स्वरमा ‘केही भनेकै छैन’ सार्वजनिक

काठमाडौं – गायिका शान्तीश्री परियार र गायक सुदीप अधिकारीको स्वरमा

नीति, कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न सक्दैन : सांसद अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले

मनाइयो राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस

काठमाडौं– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति