किसानको फापर गाउँपालिकाबाट खरिद « Khabarhub

किसानको फापर गाउँपालिकाबाट खरिद


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले नौ जना कृषकद्वारा उत्पादित ६ सय ५० केजी फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ ।

मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।

आँबुखैरेनी–६ प्युघरकी सेती गुरुङले विगतका वर्षहरूमा प्रतिकेजी ६० रुपैयाँमा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकेजी एक सय ५० का दरले खरिद गरेको जानकारी दिइन् ।

सोही स्थानका मिलनले फापर उत्पादनपश्चात् बिक्रीको समस्या नरहेको बताए । ‘गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ’, उनले भने ।

ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । विगतमा यहाँका कृषकले विचौलियामार्फत प्रतिकेजी ६० रुपैयाँमा फापर बिक्री गर्दै आएकोमा पालिकाले हाटबजारमार्फत प्रतिकेजी एक सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनको भनाइ छ ।

केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताए ।

आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : १६ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार