किसानको फापर गाउँपालिकाबाट खरिद « Khabarhub

किसानको फापर गाउँपालिकाबाट खरिद


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले नौ जना कृषकद्वारा उत्पादित ६ सय ५० केजी फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ ।

मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।

आँबुखैरेनी–६ प्युघरकी सेती गुरुङले विगतका वर्षहरूमा प्रतिकेजी ६० रुपैयाँमा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकेजी एक सय ५० का दरले खरिद गरेको जानकारी दिइन् ।

सोही स्थानका मिलनले फापर उत्पादनपश्चात् बिक्रीको समस्या नरहेको बताए । ‘गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ’, उनले भने ।

ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । विगतमा यहाँका कृषकले विचौलियामार्फत प्रतिकेजी ६० रुपैयाँमा फापर बिक्री गर्दै आएकोमा पालिकाले हाटबजारमार्फत प्रतिकेजी एक सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनको भनाइ छ ।

केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताए ।

आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : १६ बजे

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी