बागमती प्रदेशसभा बैठक बोलाउन सिफारिस « Khabarhub

बागमती प्रदेशसभा बैठक बोलाउन सिफारिस


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभा बैठक आगामी जेठ ५ गते आह्वान गर्न बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले बागमतीका पाँच सचिवको पदस्थापना र सरुवा समेत गरेको छ । बैठकले बैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र झलकराम अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यसैगरी, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव बिनु बज्राचार्यलाई हाल सामाजिक विकास मन्त्रालयमा सरुवा र प्रदेशसभामा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।

यसैगरी, बैठकले उद्योग मन्त्रालयअन्तर्गत भू-उपभोग परिषद् गठन गरी दुई विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । विशेषज्ञमा पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

सोही बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, प्रदेश उच्च शिक्षा परिषद्को सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वयंसेवक समूह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ । सोही प्रयोजनका लागि कुल एक करोड बजेट रहेको उक्त कार्यक्रमको कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सरकारको प्रवक्ता लामिछानेले बताए ।

उनका अनुसार बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ५७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल